देशभर थपिए १९ जना नयाँ सङ्क्रमित, १० जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ७ असार । देशभर थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ८ सय १४ कोरोना परीक्षण गरिएको छ । जसमा १७ सय ३१ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १४ जना र  १ हजार ८३ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १० जना स्वस्थ भएका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २४ रहेको छ ‌।

Last modified on 2022-06-22 10:14:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts