बैतडीमा कालाजारबाट एकको मृत्यु



Download our app to get more features

धनगढी,८ जेठ । बैतडीमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्म ८ जनामा कालाजारको संक्रमण देखिएको र तीमध्ये शिवनाथका एक जनाको केही महिना पहिला मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिलेसम्म जिल्लाको दशरथचन्द नगरपालिकाका ४, सुर्नया गाउँपालिकाका २ र दोगडाकेदार गाउँपालिकाका १ जनामा कालाजार देखिएको कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । कालाजार भएमा उच्च ज्वरो आउने, छालामा विभिन्न खालका संक्रमणहरु देखा पर्ने जस्ता लक्षण देखिने गरेको बताइएको छ ।  

यो रोग एक प्रकारको भुसुनाको टोकाइबाट सर्ने भएकाले व्यक्तिगत र वातारणीय सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् ।

Last modified on 2022-06-22 16:06:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts