असार २० गतेदेखि विएण्सी,नोवेल र विराट मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने



Download our app to get more features

काठमाडौं,८ असार । असार २० गतेदेखि विएण्सी मेडिकल कलेज विर्तमोड, नोवेल मेडिकल कलेज, विराटनगर र विराट मेडिकल कलेज, विराटनगरले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने भएको छ । 

बुधवार काठमाडौंमा कलेजहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै  स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने घोषणा गरेका हुन् । सरकारले बिनाकारण बिमाको रकम  भुक्तानि नगरेकाले कार्यक्रम बन्द गर्न बाध्य भएको कलेजहरुले बताएका छन् । 

कार्यक्रममा बोल्दै विएण्सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइले बिमा बापतको लगभग ४५ करोड रकम रहेको र अब सेवा दिन नसकिने बताए । उनले भने,'रकम लिनका लागि सरकारको तलदेखि माथिसम्म मिलाउनु पर्छ,त्यसैमाथि सरकारले दिएको सहुलियत नै कम छ । यो अवस्थामा हामीले कसरी दिन सक्छौं।' 

त्यस्तै नोवेल मेडिकल कलेजको सञ्चालक समिति सदस्य भिम बहादुर चन्दले दैनिक अस्पतालले १५ सय बिमाको बिरामीलाई सेवा दिइरहेको तर सरकारले रकम भुक्तानि नगर्दा सेवा दिन समस्या भएको बताए । उनले बिमा बापत लगभग ५४ करोड बाँकी रहेको बताए । 
 

Last modified on 2022-06-23 09:55:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts