काठमाडौंमा हैजा रोकथामका लागि तीन सदस्यीय छानबिन टोली गठन



Download our app to get more features

काठमाडौं,८ असार । काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिन टोली गठन गरेको हो । 

स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको छ । 

पछिल्लो समय काठमाडौंमा हैजाका बिरामी देखा परेका छन् । अहिले काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि यो टोलीले काम गरिरहेको छ ।

हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमूना संकलनका साथै  संकलन गरिएको खानेपानीको नमूना परीक्षण गर्ने काम भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts