देशभर २ हजार ४ सय २५ कोरोना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि 



Download our app to get more features

काठमाडौं,८ असार । देशभर थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय २५ कोरोना परीक्षण गर्दा ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ५ सय ७५ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २८ जना र ८ सय ५० एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १० जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ४२ रहेको छ । 

Last modified on 2022-06-23 09:55:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts