आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

पहिलो चरणमा यी जिल्लामा खोप अभियान सञ्चालन हुने



Download our app to get more features

काठमाडौं, ९ असार । सरकारले आजबाट ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ ।

देशभरका झन्डै ३९ लाख बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार अमेरिकी सरकारले उपलब्ध गराउने फाइजरको झन्डै २२ लाख मात्रा खोप, कोभ्याक्स सुविधामार्फत् गाभीको समन्वयमा नेपाल आइपुगेको छ । 

उनले खोप अभियान विद्यालय तहमै सञ्चालन हुने भएकाले सबै अभिभावकलाई मातहतका विद्यालयमा आफ्ना ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई खोप लगाउन आग्रह गरे ।

सरकारले पहिलो चरण अन्तर्गत २७ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत असार १५ गतेसम्मम पहिलो मात्रा खोप लगाइने छ भने साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ । 

यस्तै बाँकी रहेका ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ । 

पहिलो चरण अन्तर्गत आज प्रदेश १ को ४ जिल्ला झापा, ईलाम, मोरङ, सुनसरी, मधेश प्रदेशका ५ जिल्ला सत्परी, धनुषा, पर्सा, सिरहा, महोत्तरी, बागमति प्रदेशका ७ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर, गण्डकी प्रदेशका २ जिल्ला कास्की, नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका ५ जिल्ला नवलपरासी पश्चिम, रुपन्देशी, काँके, दाङ, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत अनि सुदूरपश्चिम प्रदेशका ३ जिल्ला कैलाली, कञ्चनपुरप र डडेल्धुरामा आजबाट खोप अभियान सुरु हुँदैछ । 

सरकारले खोप सुरक्षित भएकाले सबैलाई अनिवार्य खोप लगाउन पनि आग्रह गरेको छ ।

Last modified on 2022-06-23 16:46:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts