गेटा मेडिकल कलेजको अस्पताल निर्देशकमा जोशी 



Download our app to get more features

धनगढी,९ असार ।  राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीको सरुवा भएको छ । जोशीको गेटा मेडिकल कलेजमा सरुवा गरिएको हो। उनलाई मेडिकल कलेजको अस्पताल निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको हो ।

जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामोसमयसम्म काम गरेका थिए । सरकारले सुरुमा मेडिकल कलेजमा अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ। अस्पताल सञ्चालनपछि स्वास्थ्य प्रतिष्ठानको मोडालिटीमा संञ्चालन गर्ने सरकारको तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोशीलाई बिहीबार सरुवा पत्र दिन लागेको छ । ट्रमा सेन्टरमा पनि जोशीले धेरै सुधारको काम गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनामै उनको गेटा सरुवा हुन लागेको हो ।

Last modified on 2022-06-23 14:03:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts