देशभर २ हजार ४ सय ९४ कोरोना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं,९ असार । देशभर थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ हजार ४ सय ९४ कोरोना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार २ सय ३४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३३ जना र १ हजार २ सय ६० एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप १२ जना स्वस्थ भएका छन् । जबकी गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ६३ रहेको छ । 

Last modified on 2022-06-24 07:56:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts