चितवनमा ५ देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु



Download our app to get more features

चितवन, १० असार । चितवनमा बालबालिकालाई समेत कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन शुरू गरिएको छ । 

५ देखि १२ वर्षमुनिका बालबालिकालाई पहिलो चरणमा बिहीवारदेखि शुरू भएको स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख राम कुमार केसीले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने छ ।

कहाँ कहिले लगाउने ?

उनका अनुसार खैरहनी र कालिका नगरपालिकामा असार ९ देखि १४ गतेसम्म, रत्ननगर नगरपालिकामा असार ९ देखि १२ गतेसम्म, राप्ती नगरपालिकामा असार ९ देखि ११ गतेसम्म, माडी नगरपालिकामा असार १४ देखि १७ गतेसम्म लगाइने छ । त्यसैगरी, भरतपुर महानगरपालिका र जिल्लाकै एक मात्र गाउँपालिका इच्छाकामनामा भने असार १४ देखि १८ गतेसम्म लगाइने छ । सबै स्थानीय तहले आ–आफ्नो तालिका बनाएर जिल्लाभर खोप सञ्चालन गरिरहेका छन् । 

५ देखि १२ वर्षमुनिका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । यो समूहमा अधिकांश विद्यालयस्तरका बालबालिकाहरू छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने कागजपत्र अनिवार्य लैजानु पर्नेछ । 

खोप लगाउन जाँदा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डहरू राम्रोसँग पालना गर्न समेत स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts