देशभर थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ११ असार । देशभर थप २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ‌‌।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएको १८ सय २ परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ९ सय ३७ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २३ र ८ सय ६५ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १६ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

Last modified on 2022-06-26 20:41:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts