स्वास्थ्यमन्त्रीमा एकीकृत समाजवादीका भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी



Download our app to get more features

 काठमाडौं,१२ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । नेकपा एकीकृत समाजवादीका खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।

यसअघि स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडालाई  फिर्ता बोलाएर एकीकृत समाजवादीले खापुङलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेको हो । 

यस्तै स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीको सपथ भोलि हुने बताइएको छ।

Last modified on 2022-06-27 08:11:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts