रुपन्देहीमा नक्कली औषधिको अवैध बिक्रिवितरण भएको छैन : औषधि उत्पादक सङ्घ



Download our app to get more features

काठमाडौं,१३ असार । नेपाल औषधि उत्पादक सङ्घले रुपन्देहीमा नक्कली औषधिको अवैध बिक्रिवितरण गरेको भन्ने समाचार भ्रामक भएको बताएको छ । 

सङ्घका महासचिव विप्लव अधाकारीले एक विज्ञप्ती जारी गर्दै विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा रुपन्देहीमा नक्कली औषधिको अवैध बिक्रिवितरण, प्याकिङ, लेबलिङ्ग साथै अधिकतम बिक्रिमूल्य समेत प्रिन्ट गरी बजारमा पठाईएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 

त्यस्तै सङ्घले गोदामहरुमा छापा मार्दा बरामद भएका बस्तुहरू नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिहरू नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरू रहेको जनाएको छ । 

यस्तो छ सङ्घले जारी गरेको विज्ञप्ती :
बिगत केहि दिनदेखि बिभिन्न सञ्चारमाध्यममा रुपन्देहि जिल्लामा नक्कली औषधिको अबैध बिक्रिबितरण, प्याकिङ,लेबलिङ्ग साथै अधिकतम बिक्रिमुल्य समेत प्रिन्ट गरि बजारमा पठाईएको भन्ने समाचार प्रति यस नेपाल औषधि उत्पादक संघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त गोदामहरुमा छापा मार्दा बरामद भएका बस्तुहरु नेपाली औषधि उद्योगले उत्पादन गरेका औषधिहरु नभएर न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टहरु रहेको यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छौ ।

नेपालमा उत्पादन तथा बिक्रिबितरण हुने औषधीहरू औषधि व्यवस्था विभागबाट गुणस्तर सुनिश्चितता गरि दर्ता भई बजारमा जाने सबैलाई बिदित नै छ । केहि बर्ष यता बजारमा न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टको नाममा औषधि कै बनावट र प्याकिङ्गमा बिक्रिबितरण भै रहेका छन । औषधि भन्दा कयौं गुणा बढि मुल्य लिई यस्ता उत्पादन बिक्रिबितरण भैरहेको छन । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको सिफारिसमा यस्ता बस्तुहरुको आयात भैरहेका छन । स्वास्थ्य मन्त्रालयले २०७४ सालमा नै प्रबिधिजन्य स्वास्थ्य सम्बन्धि निर्देशिका जारी गरिसकेको भएतापनि यस्ता उत्पादन नेपाली औषधी उद्योगले बनाउन हालसम्म पनि अनुमति पाएका छैनन । चिकित्सकलाई समेत भ्रममा पारी यस्ता उत्पादनहरु लेखाउने प्रबृति बढ्दो छ । औषधिजन्य पदार्थ मात्र बिक्रि गर्ने अनुमति पाएका औषधी पसलबाट निर्वाध रुपमा यस्ता बस्तुहरु बिक्रि हुँदा समेत सम्बन्धित निकाय मौन रहको छ । आयातलाई खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट खाद्य पदार्थको रुपमा अनुमति लिने तर औषधी कै रुपमा औषधि पसलबाट बिक्रिबितरण हुँदा सर्बसाधारणले यसलाई औषधि कै रुपमा प्रयोग गरिरहेका छन । नेपाली औषधी उद्योगहरुले सजिलै बनाउन सक्ने यस्तै प्रकारका उत्पादनहरु आयात गर्न पाउने, थोक तथा खुद्रा बिक्रेताहरु द्वारा बिक्रिबितरण गर्न पाउने, चिकित्सकहरुले सिफारिस गर्न पाउने तर नेपाली औषधी उद्योगले भने बनाउन नपाउने नितिले हामी स्वदेशी उद्योगहरु देश भित्र नै बञ्चित रहेको प्रष्ट हुन्छ । स्वदेशी औषधि उद्योगलाई बञ्चित गरि जनमानस लाई भ्रममा पार्दै औषधि कै रुपमा अत्यधिक मुल्यमा बिक्रि भैरहेका यस्ता बस्तुहरुको बारेमा सम्पुर्ण सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।

खाद्यपुरकको रुपमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग बाट अनुमति लिई आयात गर्ने तर खाद्य पसलबाट बिक्रि बितरण नभई औषधि ऐन २०३५ अनुसार औषधी ब्यबस्था बिभागमा दर्ता भएका औषधिजन्य पदार्थ बिक्रि गर्ने अनुमति पाएका औषधि पसलबाट बिक्रि गरिने हूँदा यो सरासर सर्वसाधारण जनतालाई भ्रममा पारी बिक्रि भइरहेको कुरा प्रष्ट छ । अनुमति दिने र बिक्रि गर्ने निकाय फरक फरक हुँदा र पर्याप्त नियमन हुन नसक्दा यस्ता प्रकारका बिकृति फैलिएको यस संघको निस्कर्ष रहेको छ ।

तसर्थ कानुन बिपरित न्युट्रास्युटिकल वा फुड सप्लिमेन्टका उत्पादनहरुमा आँफै लेबलिङग, प्याकिङग तथा मुल्य प्रिन्ट गर्ने जस्ता गैरकानुनी कार्य गर्ने सबैलाई कानुनी दायरामा  ल्याई कडा भन्दा कडा कारबाहिको माग गर्दछौ । साथै यस्ता प्रकारका समस्याहरुलाई जडबाट नै समाधान गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गर्दै स्वदेशी औषधी उद्योगहरुले सजिलै उत्पादन गर्न सक्ने यस्ता उत्पादनहरु तत्काल उत्पादन गर्ने अनुमति प्रदान गर्नको लागी यसै बिज्ञप्ती मार्फत जोडदार माग गर्दछौ ।

                                                                                                                 

Last modified on 2022-06-28 07:50:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts