कोरोना सङ्क्रमणको दर उकालो लाग्दै, चौथौ लहरको सङ्केत !



Download our app to get more features

काठमाडौं, १३ असार । नेपालमा कोरोना सङ्क्रमणको दर पुनः उकोलो लाग्न थालेको छ ।

पछिल्लो समय दैनिक कोरोना सङ्क्रमण पुष्टि हुने दर ३० भन्दा बढी रहेको छ ।

गत २४ घन्टामा देशभर ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर ३ हजार ३ सय ५८ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ३ सय ३७ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३६ र १ हजार २१ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप २० जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

पछिल्लो समय तीव्र गतिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि विज्ञहरूले कोरोनाको चौथो लहरको सङ्केत हुन सक्ने आशङ्का गर्न थालेका छन् ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रमुख विशेषज्ञ डा. रोशन कुमार झाले पछिल्लो समय अस्पताल आउने बिरामीमा रुघाखोकी, झाडखपखाला लगायतका समस्या बढेको बताए ।

उनले विश्व स्वास्थ्य सङ्गठनले जुलाई, अगस्टसम्म कोरोनाको चौथौ लहर आउन सक्ने आँकलन  गरेको भन्दै नेपालमा पनि सोही समय कोरोनाको चौथौ लहर आउन सक्ने सम्भावना रहेको बताए ।

पछिल्लो समय मानिसहरूले जन-स्वास्थ्यका मापदण्डलाई वेवास्ता गर्ने क्रम पनि बढेकाले कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने दर बढेको उनको भनाइ छ ।

Last modified on 2022-06-28 08:01:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts