देशभर थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै



Download our app to get more features

काठमाडौं, १४ असार । देशभर थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर २ हजार ७ सय ९८ जनामा परीक्षण गर्दा ४४ जनाम कोरोना पुष्टि भएको हो ।

जसमा देशभर १ हजार ८ सय ५२ पिसिआर विधिबाट गरिएको परीक्षणमा ३८ तथा ९ सय ४६ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

गत २४ घन्टामा देशभर रहेक सक्रिय सङ्क्रमित मध्य थप १७ जना स्वस्थ भएका छन्् ।

हाल देशभर २ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्लो २४ घन्टामा देशभर १ लाख ३६ हजार ९ सय ९६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् । 

नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ ।

Last modified on 2022-06-29 07:54:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts