काठमाडौंमा हैजा संक्रमण,नियन्त्रणका लागि के गर्दै छ स्वास्थ्य मन्त्रालय ?



Download our app to get more features

काठमाडौं,१५ असार । पछिल्लो समयम काठमाडौंमा हैजा संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग महाशाखाका अनुसार अहिलेसम्म उपत्यकामा १२ जनामा हैजा संक्रमण देखिएको छ ।

बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट, नैकाप र बुढानिलकण्ठमा हैजा देखिएको महाशाखाले जनाएको छ । 

उपत्यकामा हैजा देखिनुको प्रमुख कारण खानेपानी देखिएको इपिडिमियोलोजी तथा रोग महाशाखाका प्रमुख डा.चुमनलाल दास बताउँछन् ।

हैजा संक्रमितको संख्या १२ बाट बढ्न सक्ने सम्भावना उतिकै छ ।  यता,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी काठमाडौं उपत्यकामा हैजा जस्तो संक्रमण देखिनु दुर्भाग्य रहेको बताउँछन् ।

काठमाडौं जस्तो सरसफाइको हिसाबले, चेतनाको हिसाबले,पानीको शुद्धता राम्रो, सबै राम्रो भएको ठाउँमा हैजा देखिन नहुँने उनको भनाई छ ।  काठमाडौंको बागबजार, डिल्लीबजार, सानेपा, बालाजु, कपन, थानकोट नैकप लगायतका ठाउँहरुमा हैजा देखिनुले धेरै प्रश्नहरु उठाएको उनी बताउँछन् ।

हैजा फैलन् नदिँन बिभिन्न निकायहरुसँग समन्वय गरी काम गरिरहेको उनको भनाई छ । बिशेषगरी हैजा भनेको के होरु कसरी सर्छरु संक्रमण भएका व्यक्तिहरु कसरी पहिचान गर्नेरु उपचार व्यवस्था कसरी गर्ने कुरामा मन्त्रालयले काम गरिरहेको अधिकारी बताउँछन् । 

त्यसो त बर्षायामको पानी र अन्य समयमा खानेपानीमा हामीले ध्यान दिर्नुपर्ने उनको भनाई छ । बर्षायाममा खानेपानीका मुहानहरु प्राय गरी दुषित नै हुने हुँदा शुद्धिकरणका उपाय अपनाउन उनको अनुरोध छ । 

Last modified on 2022-06-30 09:08:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts