विदेशी चिकित्सकलाई नेपाली चिकित्सक सरह मान्यता दिने निर्णयप्रति गोदानको असन्तुष्टि



Download our app to get more features

काठमाडौं,१५ असार । नेपाल चिकित्सक सङ्घ (गोदान) ले विदेशी चिकित्सकलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिने समझदारीप्रति असन्तुष्टि जनाएको छ ।

सङ्घले विदेशी चिकित्सकलाई सोझै चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ । 

सङ्घले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिल नियमावलि पाँचौ संशोधन २०६८ मार्फत मूल नियमावलीको नियम २० ङ र च मा हेरफेर गरी विदेशी चिकित्सकलाई समेत नेपाली चिकित्सक सरह मान्यता दिने गरी सोझै चिकित्सक दर्ता परीक्षामा सहभागी गराउने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

यस निर्णयले नेपाली चिकित्सकहरुलाई प्रत्यक्ष गम्भिर असर पर्ने र नेपाली नागरिकको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने हुँदा यस्ता गैरजिम्मेवार निर्णय तत्काल बदर गर्न सरकार समक्ष माग गरेको छ ।

Last modified on 2022-06-30 09:08:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts