२४ घन्टामा देशभर थपिए ६२ जना नयाँ सङ्क्रमित, निको हुनेको सङ्ख्या स्थिर



Download our app to get more features

काठमाडौं, १५ असार । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा फेला परेको यो सङ्ख्या पछिल्लो ३ महिना यताकै उच्च हो ।

यसअघि फागुन ३० मा देशभर ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता निरन्तर ओरालो लाग्दै गएको कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या पछिल्लो समय फेरि बढ्न थालेको छ । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ६ सय २० कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार ८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ५१ जना र ६ सय १२ एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १९ जना स्वस्थ भएका छन् भने १ लाख ८४ हजार ५ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

देशभर नयाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ६१ पुगेको छ । 

Last modified on 2022-07-01 16:51:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts