नेपालमा बढ्न थाल्यो कोरोना संक्रमणदर,के भन्छन् स्वास्थ्य विशेषज्ञ ?



Download our app to get more features

काठमाडौं,१७ असार । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हप्तामा ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

असार १ गतेदेखि कोरोना संक्रमणदर निरन्तर उकालो लागिरहेको छ ।  कोरोना संक्रमणको सक्रिय संक्रमितको संख्यापनि बढ्दै गइरहेको छ । असार १ गते ९७ जना रहेको सक्रिय संक्रमितको संख्या असार १६ गतेसम्म आइपुग्दा बढेर २ सय ८० पुगेको छ। 

यसले नेपालमा कोरोना संक्रमणको चौंथो लहर आउन लागेको हो की भन्ने आशंका ल्याएको छ । तर,यसरी संक्रमण बढ्दै जानुले नेपालमा कारोनाको चौंथो लहर आउन लागेको भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन्। त्यसका लागि केही हप्ताको संक्रमणदर र  जिन सिक्वेन्सिङ हेनुपर्ने उनीहरुको भनाई छ।  

शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन कोरोना संक्रमण बढ्दै जानुको कारणहरुमा स्वास्थ्य मापदण्डका उपायहरु अपनाउन छोड्नु र छिमेकी मुलुकमा संक्रमण बढनु रहेको बताउँछन्। पुन भन्छन्,पछिल्लो समय नेपालमा कोरोनाको कुन भेरियन्टको संक्रमण देखिएको भन्ने थाहा नहुँदा संक्रमण दर कस्तो अवस्थामा बढ्ला भन्न नसकिने उनको भनाई छ। त्यसैले नेपालमा ओमिक्रोनको भेरियन्टले संक्रमण बढेको हो वा अन्य भेरियन्टले गर्दा संक्रमण दर बढेको हो त्यो खोजी गर्न आवश्यक छ ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारी नेपालमा अहिलेको संक्रमणले चौंथो लहर आउन लागेको नर्कान नसक्ने र आउने सुनिश्चितता नै गर्न नसकिने बताउँछन्। छिमेकी देश भारतमा कोरोना संक्रमण बढेको कारण त्यसको प्रभाव नेपालमा नी परेको उनको भनाई छ।

पछिल्लो समय छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको संख्या बढ्दै गइरहेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए। डब्ल्यूएचओले महामारीको खतरा कम रहेको तर अहिले नै समाप्त भइनसकेको बताएको छ। 

Last modified on 2022-07-07 07:42:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts