देशभर २ हजार ८ सय १४ कोरोना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, १७ असार । देशभर थप ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर २ हजार ८ सय १४ जनामा परीक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको हो ।

जसमा देशभर १ हजार ४ सय ६७ पिसिआर विधिबाट गरिएको परीक्षणमा ३५ तथा १ हजार १ सय ४७ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

गत २४ घन्टामा देशभर रहेक सक्रिय सङ्क्रमित मध्य थप १८ जना स्वस्थ भएका छन्।

हाल देशभर २ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

Last modified on 2022-07-07 07:41:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts