बझाङको थलारा गाउँपालिका पूर्ण खोपयुक्त घोषणा



Download our app to get more features

 धनगढी, १८ असार । बझाङको थलारा गाउँपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ। पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि शुक्रबार पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। 

थलाराले गत चैत र वैशाख महिनामा पालिकाभरका सम्पूर्ण बालबालिकाले खोप पाए नपाएको बारेमा सर्वेक्षण गरेको थियो।

प्रत्येक वडामा अभियान सञ्चालन गरेर खोप प्राप्त गर्ने उमेरका बालबालिकाहरुलाई खोप लगाउने र ९ वटा वडा रहेको यस पालिकामा १३ वटा खोप केन्द्रबाट नियमित खोप सेवा दिने ग्यारेन्टी गरिसकेपछि पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पदम ओलीले जानकारी दिए।

Last modified on 2022-07-07 07:41:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts