धनगढीमा कोभिडबाट आफन्त गुमाएका परिवारलाई सहयोग



Download our app to get more features

धनगढी, १८ असार । निर्माण व्यवसायी सङ्घ कैलालीले कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ। कोभिड १९ रोगका कारण मृत्यु भएका सङ्घका साधारण सदस्यहरूको सम्झनामा आज शनिबार आठ जनाको परिवारलाई आर्थिक सहयोग गरिएको हो। 

सङ्घका अध्यक्ष यज्ञराज जोशीका अनुसार कोरोनाका कारण सङ्घका ८ जनाको मृत्यु भएको थियो। मृत्यु भएका परिवारलाई एक लाख पचास हजारका दरले परिवारलाई आज सो रकम हस्तान्तरण गरिएको हो। अध्यक्ष जोशीले आगामी दिनहरूमा पनि यस्ता सहयोगहरू गर्न आफुहरु तयार रहेको बताए।

कोरोनाका कारण निमार्ण व्यवसायी सङ्घ कैलालीका साधारण सदस्य श्याम सुन्दर मण्डल, प्रकाश चटौत, चित्र बहादुर कार्की, प्रकाश शाह, उद्धव श्रीमाल, नीरज प्रकाश चटौत, हरि प्रसाद अवस्थि, राजु प्रसाद श्रेष्ठको मृत्यु भएको थियो।

Last modified on 2022-07-02 16:29:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts