नेपालमा पनि भेटियो ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ 



Download our app to get more features

काठमाडौं,१९ असार । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ। ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ नेपालमा पहिलोचोटि पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा गरिएको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ) बाट ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा।डा।राजीव श्रेष्ठले अस्पतालमा अघिल्लो सातामा आएको नमुनालाई परीक्षण गर्दा  ‘बीए फाइभ’ पुष्टि भएको बताएका छन्।

तर,उक्त संक्रमित व्यक्ति कहाँको हो भन्ने कुरा अहिलेसम्म नखुलेको उनको भनाइ छ। 

Last modified on 2022-07-07 07:40:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts