केएमसी अस्पतालमा कार्यरत झन्डै ३ सय कर्मचारीले २ महिनादेखि तलब पाएनन्



Download our app to get more features

काठमाडौं, २० असार । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत झन्डै ३ सय कर्मचारले ३ महिनादेखि तलब पाएका छैनन् । 

काम गरेको लामो सयमसम्म पनि तलब नपाउँदा समस्या हुन थालेको कर्मचारीहरूले गुनासो गरेका छन् ।

अस्पतालको मेडिकल अफिसरको रुपमा कार्यरत एकजना डाक्टरले नाम नखुलाउने शर्तमा हाम्रो डक्टरसँगको कुराकानीमा भने, ‘२ महिना भइसक्यो तलब अझै पाएका छैनौं । चैत महिनाको तलब असारमा पाइयो । त्यो पनि कति घच्घचाएपछि ।’ 

अस्पतालमा कार्यरत प्रमुख विशेषज्ञबाहेक झन्डै ३ सय कर्मचारीले तलब पाएका छैनन् । जसमा मेडिकल अफिसर, नर्स, रेसिडेन्ट, इन्टर्नमा रहेका कर्मचारीहरू छन् । 

अस्पतालमा कार्यरत एकजना नर्सका अनुसार अस्पतालले कहिल्यै पनि समयमा तलब दिदैन । जसका कारण, खान बस्न पनि समस्या हुन्छ । एक पटक दुई पटकसम्म ढिलाई हुँदा त ठिकै छ । तर, यहाँ तलब नपाएर घर र दैनिकी चलाउनै समस्या भइसकेको छ । 

उनी भन्छिन्, ‘तलब माग्न जाँदा प्रशासनले पैसा छैन अहिले भनेर फर्काउँछ । अस्पतालमा बिरामीको चाप सँधै उस्तै हुन्छ । अनि किन तलब नदिएको बुझ्न सकिएको छैन ।’

अस्पतालले किन समयमा तलब नदिएको भन्ने विषयमा अस्पताल प्रशासनमा बुझ्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

Last modified on 2022-07-07 07:39:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts