देशभर थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि, १९ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, २० असार । देशभर थप ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार १० कोरोना परीक्षण गरिएको छ । जसमा १८ सय ४७ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३४ जना र एन्टीजेन विधिबाट गरिएको ११ सय ६३ परीक्षणमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप १९ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३ हजार ४८ रहेको छ ।

Last modified on 2022-07-07 07:39:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts