डा. मिश्रा १२ औं तहमा बढुवा



Download our app to get more features

काठमाडौं, २१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्रा १२ औं तहमा बढुवा भएकी छन् ।

सरकारले स्वास्थ्य सेवा तर्फ प्रमुख विशेषज्ञ पद १२ औँ तहमा मिश्रलाई बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगले पठाएको दुई जनाको नाम मध्येबाट डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो ।

 मन्त्रालयको १४ असारमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि डा. टंकप्रसाद बाराकोटी एक नम्बरमा र डा.मिश्राको नाम दोस्रो नम्बरमा हालेर पठाएको थियो ।

यस्तै मंगलबारको बैठकले प्रंशासन तर्फका सहसचिव डा गोपिकृष्ण खनाललाई पनि सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

Last modified on 2022-07-07 07:38:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts