टीकापुर अस्पतालमा ‘जनरल सर्जरी’ सेवा सुरु



Download our app to get more features

धनगढी: कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरु भएको छ।

वीर अस्पताल काठमाडौंमा कार्यरत जनरल सर्जन डा. नवीनचन्द्र भट्ट सरुवा भई टीकापुर अस्पताल आएका छन् ।

उनले अस्पतालबाट जनरल एण्ड जीआई सर्जरीको सबै सेवा दिइने बताएका हुन्।

उनले अब टीकापुर अस्पतालबाटै हाइड्रोशील, हर्निया, सिष्ट पलाएको, पथरी, पाइल्स, फिस्टुला, स्तनका गाँठागुँठी, स्तन ट्युमर, छातीमा रगत तथा पानी भरिएकोलगायत समस्याको शल्यक्रिया हुने र केही दिनमै मेसिन आएपछि ल्याप्रोस्कोपीको माध्यमबाट पनि शल्यक्रिया सुरु गरिने बताए।

नौ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अब आठ जना विशेषज्ञ चिकित्सक भएका छन् ।

दुई सरकारी दरबन्दी र बाँकी छ जना स्थानीय तह तथा अन्य क्षेत्रबाट सुविधा प्राप्त गर्नेगरी काम गरिरहेका छन्।

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु भएकाले सेवा लिनेको सङ्ख्या बढ्दै गएको बताइएको छ।

Last modified on 2022-07-07 07:37:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts