झन्डै ४ महिनापछि एक सयभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २२ असार । नेपालमा झन्डै ३ महिना पछि एकैदिन १ सयभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ७ सय २४ कोरोना परीक्षण गर्दा १ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि फागुन २० गते १ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रका अनुसार गत २४ घन्टामा देशभर १ हजार ५ सय ४९ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ९० जना र १ हजार १ सय ७५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

उनले भारतसँग जोडिएका सीमानाका हुँदै नेपाल प्रवेश गर्नेहरूमा पछिल्लो समय कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको हुँदा सावधानी अपनाउन आग्रह गर्नुभयो ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये प २० जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ५ सय ७५ पुगेको छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ७१ रहेको छ । 

Last modified on 2022-07-07 07:37:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts