नेपालमा थप २ जनामा ओमिक्रोन भेरिएन्टको उपप्रजाति बीए डट फाइभ.फाइभ पुष्टि



Download our app to get more features

काठमाडौं, २२ असार । नेपालमा थप २ जनामा ओमिक्रोन भेरिएन्टको उपप्रजाति बीए डट फाइभ.फाइभ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलवार गरिएको ३२ वटा नमूना परीक्षणको क्रममा २ जनामा ओमिक्रोन भेरिएन्टको उपप्रजाति बीए डट फाइभ.फाइभ पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले २८ जनामा बीए डट ट र बाँकी दुई जनामा बीए डट वान पुष्टि भएको बताइन् । 

उनले पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरिन् ।

उनले पछिल्लो समय नेपालमा देखिएको ओमिक्रोन भेरिएन्टको उपप्रजाति बीए डट फाइभ.फाइभ बढी सङ्क्रामक भएकाले सतर्क र सचेत रहन पनि अनुरोध गरिन् ।

Last modified on 2022-07-07 07:37:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts