चितवनमा फेरि कोरोना संक्रमण देखियो, सावधानी अपनाउन विज्ञको सुझाव



Download our app to get more features

चितवन, २३ असार । पाँच हप्तादेखि कोरोना भाइरस संक्रमणमुक्त रहेको चितवनमा फेरि संक्रमण देखिएको छ । यहि जेठ दोस्रो सातादेखि संक्रमणमुक्त रहेको चितवनमा फेरि संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनले जिल्लामा एक जनामा संक्रमण देखिएको जनाएको छ । कार्यालयको बुधवारको तथ्याङ्क अनुसार भरतपुर महानगरपालिकामा १ जना महिलामा संक्रमण देखिएको हो । उनी अहिले होम आईसोलेसनमा छिन । 

भरतपुर महानगरपालिकामा थप १ जनामा संक्रमण देखिएसँगै जिल्लामा अहिलेसम्म संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ५५ पुगेको छ । यसरी संक्रमित हुनेमा १७ हजार ७ सय ८५ जना पुरूष र १५ हजार ७ सय ७० जना महिला रहेका छन् । जसमध्ये जिल्लाभर अहिलेसम्म ३३ हजार १ सय ५ जना कोरोना भाइरस संक्रमणमुक्त भई निको भएका छन् । यसैबीच जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ४ सय ४९ जनाको मृत्यु भएको छ ।

विशेष स्वास्थ्य सावधान रहन विज्ञको सुझाव

कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको भन्दै चिकित्सकले उच्च सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् । उनीहरूले घर बाहिर निस्कनु परेमा भौतिक दूरी पालना, मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुनपानीले हात धुने नियम राम्रोसँग पालना गर्न सबैलाई अनुरोध गरेका छन् ।

Last modified on 2022-07-08 09:58:28

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts