समुदायस्तरमै फैलियो हैजा संक्रमण 



Download our app to get more features

काठमाडौं,२३ असार । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी संख्या बढिरहेको छ। इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म २१ जनामा हैजा संक्रमण देखिएको छ। 

उपत्यकामा पहिलोपटक असार १ गते बागबजार बस्ने दुई दिदीबहिनीलाई झाडापखाला पुष्टि भएको थियो। त्यसपछि निरन्तर हैजाका बिरामी बढिरहेका छन्।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.चुमनलाल दास हैजा संक्रमण समुदायस्तरमै फैलिएको बताउँछन्। उनी भन्छन, ‘अहिलेसम्म विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेका छौं। पानी शुद्धीकरण गर्ने, खाद्यपदार्थको अनुगमन, बिरामीको उपचार साथै नजिकका अन्य व्यक्तिहरूलाई जाँच, जनचेतनाका कुरा गरिरहेका छौं।’

सबै ठाउँको पानी प्रदूषित भएको कारण हैजा नियन्त्रणमा ल्याउन गाह्रो भएको उनको बुझाइ छ। दास भन्छन्,‘हैजा नियन्त्रणमा आएको छैन्,खानेपानी शुद्धीकरणको काम जारी राखेका छौं। त्योसँगै हामीले हैजाविरुद्व लगाउने खोपको पनि विश्व स्वास्थ्य संगठनसँग कुरा गरेका छौं। उहाँहरूले अनुसन्धान गर्दै हुनुहुन्छ।’

Last modified on 2022-07-08 09:58:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts