नेपाल चिकित्सक सङ्घ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड’ स्थापना



Download our app to get more features

काठमाडौं, २३ असार । नेपाल चिकित्सक सङ्घ र रुपा फाउण्डेसनको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड’ स्थापना भएको छ । 

काठमाडौं १६ बालाजु निवासी समाजसेवी रुपा श्रेष्ठ स्वर्गारोहण भएको दिन फागुन १० गते उनको स्मरणमा रुपा चिकित्सा अवार्ड २०७९ को स्थापना गर्ने सङ्घ र फाउण्डेसनशीच सहमति भएको हो ।

सङ्घको स्थापना भएको दिन अर्थात् प्रत्येक वर्षको फागुन २० गते यो अवार्ड प्रदान गरिने डा.लोचन कार्कीले बताए । 

नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यालयमा सङ्घका अध्यक्ष डा लोचन कार्की र रुपा फाउण्डेसनका संयोजक आत्माकृष्ण श्रेष्ठबीच बिहीवार सम्झौता भएको हो । 

चिकित्सकीय पेशामा समर्पित भई योगदान दिने उत्कृष्ट एकजना चिकित्सकलाई ‘रुपा चिकित्सा अवार्ड’ प्रदान गरिने पनि डा. कार्कीले बताए ।

अवार्डको राशी एक लाख निर्धारण गरिएको पनि डा.कार्कीले बताए ।

Last modified on 2022-07-08 09:59:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts