देशभर थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो



Download our app to get more features

काठमाडौं, २३ असार । गत २४ घन्टामा देशभर थप ७८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ५ सय १५ कोरोना परीक्षण गरिएको छ । जसमा ७८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १ हजार ३ सय ४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ६० जना र २ हजार १ सय ३१ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८० हजार ५८ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २२ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ५ सय ९८ पुगेको छ भने ११ हजार ९ सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ८ रहेको छ । 

गत २४ घन्टामा देशभर ८८ हजार ६ सय ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2022-07-08 09:59:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts