‘नाइरोबी फ्लाई’ को बारेमा अनुसन्धान गर्दै सरकार 



Download our app to get more features

नेपालमा पछिल्लो समय  ‘नाइरोबी फ्लाई’ को संक्रमण देखिएको छ। अहिले भारतसँग सीमा जोडिएका जिल्लामा यस्तो किसिमको छालाको संक्रमण देखा पर्न थालेको हो।

अहिलेसम्म कतिवटा जिल्लामा यो संक्रमण देखिएको तथ्यांक सरकारसँग छैन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ चिकित्सक डा.हेमन्त चन्द्र ओझाले नाइरोबी फ्लाईको बारेमा  टिम बनाएर नै अनुसन्धान गरिरहेको बताए। 

ओझा भन्छन्,'नेपालमा अहिलेसम्म कतिवटा जिल्लामा देखिएको छ त्यो तथ्यांक आइसकेको छैन् । भारतसँग सीमा जोडिएका जिल्लामा यो बढी देखिएको छ। हामीले टिम नै बनाएर अनुसन्धान गर्न थालिसकेका छौं।'

बर्खायामका बेला बढी देखापर्ने नाइरोबी फ्लाई अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको अधिकारीहरुले बताएका छन् ।


 

Hamro Doctor
Last modified on 2022-07-11 17:10:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts