भारतिय कम्पनी जी ल्याबरोटरीबाट उत्पादित भिटामिन डीथ्री प्रयोगमा प्रतिबन्ध



Download our app to get more features

काठमाडौं,२४ असार । औषधि व्यवस्था विभागले भारतिय कम्पनी जी ल्याबरोटरीबाट उत्पादित बायोडी ड्रप ९भिटामिन डी(३० प्रयोगमा प्रतिबन्ध लगाएको छ।

विभागले एक सूचना जारी गर्दै उक्त औषधि सेवनबाट विभिन्न नकारात्मक असर देखिएको प्रतिबन्ध गरेको जनाएको हो । 

त्यस्तै विभागले उक्त औषधि  विभागमा समेत दर्ता नभएको विभागले जनाएको छ। विभागबाट अनुमति नभएका वस्तु औषधिका रुपमा मान्न नसकिने तथा सोको गुणस्तर तथा सुरक्षितता र प्रभावकारिता बारेमा समेत यकिन नहुने भएकोले त्यस्ता वस्तुहरुको पैठारी तथा बिकि वितरण नगर्न नगराउन र औषधिको रुपमा प्रयोग नगर्न विभागले आग्रह गरेको छ। 

Last modified on 2022-07-11 17:10:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts