बालबालिकाको नाक, कान, घाँटीमा कस्ता समस्या देखिन्छन् ? यसो भन्छिन् डा. श्रेष्ठ (भिडियोसहित)



Download our app to get more features

बालबालिकामा नाक, कान, घाँटी प्रायः सबैमा समस्या भइरहन्छ । जसमा धेरै समस्या हुने भनेको नाकमा हो । नाक बन्द हुने, पिनास हुने, नाकबाट रगत आउने आदि हुन् । 

कानमा हुने समस्यामा धेरैजस्तो सङ्क्रमण हुने, सुनाई कम हुने र कानमा पनि स–साना सामानहरू हाल्ने नै हो । कान सम्बन्धी सङ्क्रमणहरू थरी थरीको हुन्छ । कानमा बच्चाहरूको पीप जम्ने हुन्छ । यो हुँदा बच्चालाई ज्वरो आउने, कान दुख्ने हुन्छ । पछि यसमा जाली फुटेर पीप नै बाहिर आउने पनि हुन्छ । 

अर्को बच्चाको कानमा पीप नजमी सङ्क्रमण हुने गर्दछ । यसमा पीप आउँदैन् तर बच्चाहरूले कान कम सुन्न थाल्ने हुन्छन् । 

कानको सङ्क्रमण घाँटी कानबाट पनि हुन् सक्दछ । त्यसैले कानको उपचार गर्दा घाँटी कानको पनि उपचार गर्नुपर्दछ । बालबालिका घाटि र नाकको कारणबाट घुर्ने गर्दछ । १० जना बच्चामा एउटा बच्चा घुर्छ नै । तर कस्तो अवस्थामा घुरेको छ र चिकित्सककोमा लानु पर्छ भन्ने कुरा याद गर्नुपर्छ । 

बच्चा रातभरी नै घुरेको छ की छैन्, हप्ताभरी घुरेको छ की छैन्, घुर्दा मुख खोलेको छ की छैन्, बच्चाले सुतेको अवस्थामा श्वास राम्रोसँग फेरेको छ की छैन्, बिहान उठ्दा बच्चा फ्रेस भएको छ की छैन् यस्ता कुरा हामीले याद गर्नुपर्छ । 

स–साना कुराहरू बच्चाहरूले आफ्नो नाक, कान घाँटीमा हाल्न सक्छन् । नाकमा यस्ता  स–साना कुराहरू हालेमा नाक बन्द हुने, नाक गन्हाउने, नाकबाट पानी आउने, नाकबाट रगत आउने हुन्छ । त्यस्तै कानमा हालेमा कान चिलाइरहेको जस्तो हुने, कानबाट पीप आउने, कान डम्ब हुने, बच्चाहरुले कान सुन्ने भन्ने गर्दछन् । 

त्यसैगरी घाँटीमा खाने नलीमा स साना कुराहरू हाल्दा केही कुरा ननिल्ने, र्याल काढ्ने गर्दछन् । अर्को श्वासनलीमा स साना कुरा जाँदा बच्चाले श्वास र्फेदा आवाज आउने, बच्चाले खोक्न थाल्ने आदि हुने गर्दछन् । 

यो अवस्थामा हामीले बच्चालाई नाक कान घाँटी सर्जनलाई नै देखाउनु पर्दछ । 

बच्चाको नाकबाट रगत आउने धेरै कारणहरु छन् । बच्चाले नाक कोट्याउदा,नाकको अगाडिको भाग ड्राइ हुँदा, बच्चाले धेरै सि सि गर्दा, नाकमा स साना कुराहरू हाल्दा र नाकमा सङ्क्रमण हुँदा बच्चाहरूको नाकबाट रगत आउने गर्दछ ।

भिडियोमा हेरौं :

Last modified on 2022-07-11 17:11:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts