देशभर ३ हजार २० कोरोना परीक्षण गर्दा १ सय ६८ जनामा संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, २७ असार । गत २४ घन्टामा देशभर थप १ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार २० कोरोना परीक्षण गरिएको छ । जसमा १ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर १ हजार ८ सय ३४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ३७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

गत २४ घन्टामा देशभर ३५ हजार ४ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Last modified on 2022-07-15 14:33:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts