स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) विधेयक २०७९ पारित



Download our app to get more features

काठमाडौं, २९ असार । प्रतिनिधि सभाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) विधेयक २०७९ पारित भएको छ । 

बुधवरा बसेको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेका विधेयकको प्रस्तावमाथि सांसदहरू प्रेम सुवाल र गिरिराजमणि पोखरेलले विधेयकमाथि संसोधन प्रस्ताव राखेका थिए । 

छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरे । सो क्रममा संसदबाट सो विधेयक सर्वसम्मतीबाट पारित भएको हो ।

स्वास्थ्यकर्मीमाथि हुने हातपात तथा स्वास्थ्य संस्थामाथि हुने तोडफोडबाट जोगाउन यो संसोधन विधेयक ल्याइएको हो । 

Last modified on 2022-07-15 14:35:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts