एकैदिन २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ३० असार । नेपालमा एकैदिन २ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ४४ कोरोना परीक्षण गर्दा २ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा २ हजार २७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८० हजार ९ सय ८१ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ७ सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ८ सय ५८ पुगेको छ । 

गत २४ घन्टामा कोरोनाका कारण कसैकोम पनि मृत्यु भएको छैन । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ७१ पुगेको छ ।

Last modified on 2022-07-15 14:39:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts