अमेरिकाले दिएको १० लाखभन्दा बढी फाइजर खोप नेपाल आइपुग्यो



Download our app to get more features

काठमाडौं, ३१ असार। अमेरिकाले दिएको १० लाखभन्दा बढी फाइजर खोप काठमाडौं आइपुगेको छ। बिहीबार फाइजर खोपको थप १० लाख ८ हजार डोज काठमाडौं आइपुगेको हो।

अमेरिकी विदेशमन्त्री एन्टोली ब्लिंकेनले भनेका छन्,'हामीले गर्ने सबै काममा हामी हाम्रा साझेदारहरूसँग मिलेर काम गर्न खोज्छौं किनकि यो महामारी कुनै पनि देशले एक्लै समाधान गर्न नसक्ने संकटको एउटा प्रष्ट उदाहरण हो। र हामी सबै एकजुट भएर लाग्यौं भने यो सम्भव छ भन्ने हामीलाई थाहा छ।,’ 

अमेरिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा ५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि फाइजर–बायोटेक कोभिड–१९ भ्याक्सिनको ४० लाखभन्दा बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts