डोटी पूर्णखोप सुनिश्चित जिल्ला घोषित



Download our app to get more features

डोटी, ३१ असार । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।  ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। 

जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए। 

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ रोगविरुद्ध खोप प्रदान गरिन्छ। यसअघि बालबालिकालाई १२ वटा मात्रै खोप प्रदान गरिँदै आएकामा हालै टाइफाइडविरुद्धको खोप थप गरिएको थियो। जिल्लाका बालबालिकाले यी सबै खोप पूर्णमात्रामा पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।

राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए÷नपाएको अनुगमन र घरधुरी सर्वेक्षण गरेपछि जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि  जिल्लालाई पनि घोषणा गरिएको जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक लक्ष्मणबहादुर सिंहले जानकारी दिए। 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts