स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई भोलिबाट पारिश्रमिक नदिने सरकारको निर्णय



Download our app to get more features

काठमाडौं, ३२ असार । सरकारले ६ सय ४९ स्थानीय तहका कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई भोलिबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शुक्रवार सचिवद्वय देवकुमारी गुरागाईँ र डा. रोशन पोखरेलको उपस्थितिमा भएको छलफलले कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका देशभरका ६ सय ४९ स्थानीय तहका कोभिड १९ अस्थायी अस्पतलामा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेको हो ।

‘कोभिड–१९ उपचार तथा व्यवस्थापनका लागि विगत वर्षहरुबाट सञ्चालनमा आएका ६४७ स्थानीय तहका कोभिड–१० अस्थायी अस्पतालमा कार्यरत जनशक्तिका लागि साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराइने सबै स्थानीय तहलाई जानकारी गराउने,’ निर्णयमा भनिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा कोभिड–१९ को व्यवस्थापनका लागि डेडिकेटेड अस्पतालका रुपमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट हाल करारमा कार्यरत जनशक्तिको मयाद भने पुस मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ ।

Last modified on 2022-07-16 08:39:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts