औषधि ऐन र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धीको विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण



Download our app to get more features

काठमाडौं, ३२ असार । औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पारित गरेकी १३ वटा विधेयक प्रमाणीकरणमध्ये औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक पनि परेको छ । 

यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको छ । 

प्रमाणीकरण भएपछि दुबै विधेयकले ऐनको रुप लिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम हिजो प्रमाणीकरण गरेकी हुन् । 

यसअघि, असार १७ मा राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी यी दुबै विधेयक ‘फास्ट ट्रयाक’ मा पारित भएको थियो ।

आइतवार बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेका ‘औषधि (तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ सर्वसम्मतिले पारित गरेको थियो ।

कोरोना महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन् गर्न वर्तमान सरकारले विधेयक ल्याएको हो ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts