देशभर थपिए २ सय ५ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या १३ सय ८५ पुग्यो



Download our app to get more features

काठमाडौ, ३२ असार । देशभर २ सय ५ नयाँ सङ्क्रमित थपिएका छन् ।

गत २४ घन्टामा देशभर ३ हजार ९० कोरोना परीक्षण गर्दा २ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा आरटी पिसिआर विधिबाट गरिएको १ हजार १ सय ९९ कोरोना परीक्षणमा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८१ हजार २ सय ९४ जना र एन्टीजेन विधिबाट १ लाख ४० हजार ९ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ५१ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुने सङ्ख्या ९ लाख ६७ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो समय तीव्र गतिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ८५ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts