कोरोनाका कारण झन्डै ६ महिना पछि एकजनाको मृत्यु, थपिए १ सय ३५ नयाँ सङ्क्रमित



Download our app to get more features

काठमडौं, १ साउन । नेपालमा झन्डै ६ महिना पछि एकजनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।

कोरोनाको तेस्रो चरणको दरमा कमी आउँदै गर्दा शून्यमा झरेको मृत्यु सङ्ख्या गत २४ घन्टामा १ देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर एकजनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५३ पुगेको छ ।

गत २४ घन्टामा देशभर थप १ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ३ हजार ४१ कोरोना परीक्षण गरिएको छ । जसमा १७ सय ४३ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १ सय १४ जना र १५ सय ६८ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ५९ जना स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts