आजदेखि ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

काठमाडौं, २ साउन । सरकारले आजदेखि ५ वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउँदै छ । 

पहिलो चरणमा खोप लगाएका २७ जिल्लाका बालबालिकालाई आजदेखि दोस्रो मात्रा खोप लगाउने तयारी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाइने छ । 

मन्त्रालयले आजदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको खोप केन्द्रबाट खोप लगाउन सकिने पनि जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ ।

आजदेखि प्रदेश १ का झापा, इलाम, मोरङ र सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर जिल्लामा दोस्रो मात्रा खोप दिइने छ ।

यसैगरी, गण्डकी प्रदेशका कास्की र नवलपुर, लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ र बर्दिया, कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशका कैलाली कञ्चनपुर र डडेल्धुरामा खोप अभियान चलाइने मन्त्रालयले जनाएको छ ।

बाँकी ५० जिल्लाका बालबालिकालाई भने भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts