५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार



Download our app to get more features

काठमाडौं, ३ साउन । सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शय्याका आधारभूत अस्पतालहरूको नमूना सङ्गठन संरचना तयार पारेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमूना सङ्गठन संरचना र दरबन्दीको तेरिज सबै स्थानीय तहलाई पठाएको हो । 

प्रस्तावित दरबन्दीमा ५ शय्याको अस्पतालमा आठौँ तहको एक जना मेडिकल अधिकृतको नेतृत्वमा ४ जना नर्स, ३ जना हेल्थ असिस्टेन्टसहित १८ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ । 

१० शय्याको अस्पतालका लागि दुई जना मेडिकल अधिकृत, ५ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित २२ जनाको दरबन्दी प्रस्ताव गरिएको छ भने १५ शय्याको अस्पतालका लागि नवौँ वा दशौँ तहको मेडिकल जनरलिष्ट एक जना, मेडिकल अधिकृत २ जना स्टाफ नर्स ६ जना हेल्थ असिस्टेन्ट ४ सहित ३० जनाको लागि दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

विस्तृत विवरणसहित :


 

Last modified on 2022-07-19 08:06:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts