२४ घन्टामा देशभर थपिए ३ सय ५७ नयाँ कोरोना सङ्क्रमित, ६२ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ३ साउन । गत २४ घन्टामा देशभर ३ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३३ सय ५७ कोरोना परीक्षण गरिएको छ । जसमा २८ सय ५७ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ६८ र १५ सय एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८२ हजार ६२ र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४१ हजार ८८ जना कोरोना सङ्क्रमित भएका छन् ।

देशभर नयाँ सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ सय ८२ पुगेको छ ।

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ६२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार १ सय २६ पुगेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts