नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार नाघ्यो, २४ घन्टामा ४६ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ४ साउन । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार नाघेको छ । 

पछिल्लो समय देशभर नयाँ सङ्क्रमित थपिने क्रम बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पछि निरन्तर उकालो लाग्न थालेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७६ रहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ३ हजार ९ सय ८१ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ५ सय ६२ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ४० जना र १ हजार ४ सय १९ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५१ जनामा सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८२ हजार ४ सय २ र एन्टिजेन विधिबाट १ लाख ४१ हजार १ सय ३९ जना सङ्क्रमित भएका छन् । समग्रमा नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ लाख २३ हजार ५ सय ४१ पुगेको छ । 

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप ४६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार १ सय ७२ पुगेको छ । 

गत २४ घन्टामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ भने गत २४ घन्टामा १ लाख २१ हजार ५ सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts