मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पदबाट किन नहटाउने विषयमा कारण देखाऊ आदेश



Download our app to get more features

हेटौँडा, ४ साउन । उच्च अदालत हेटौँडाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार र संयोजकलाई पदबाट किन नहटाउने भन्ने विषयमा कारण देखाऊ आदेश जारी गरेको छ । 

उच्च अदालत हेटौँडा इजलाशले प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशी, रजिस्ट्रार राजेश प्रसाईं र संयोजक चिरञ्जीवी चुडाललाई निषेधाज्ञासहितको उत्प्रेषणयुक्त परमादेश जारी माग भएकामा अन्तरिम आदेशअघि तीनैजनालाई कारण देखाउ आदेश जारी गरेको हो ।
  
उपकुलपति, रजिस्ट्रार र संयोजकले पदीय हिसाबले काम नगरेको र प्रतिस्ष्ठान नै धरासायी बनाउन खोजेको भन्दै युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले दायर गरेको मुद्दामा वरिष्ठ अधिवक्ता एकराज बास्तोलाले बहस गरेका थिए । 

उच्च अदालतकी न्यायाधीश निर्मला जोशीको एकल इजलाशले प्रतिवादीहरूलाई कारण देखाउ आदेश जारी भएको हो । 

Last modified on 2022-07-20 19:44:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts