उपचार खर्च अभावमा बाजुरामा कालाजारका कारण एक जनाको मृत्यु



Download our app to get more features

बाजुरा, ५ साउन । बाजुरामा कालाजारका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका १ का ५२ वर्षीय पर्वलाल गुरुङ्गको मृत्यु भएको हो । 

कालाजारबाट थलिएका पर्वलालको उपचार अभावमा मृत्यु भएको स्थानीयले बताएका छन् । 

कालाजार भएपछि पर्वलाललाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

त्यहाँबाट उपचार सम्भव नभएको भन्दै उनलाई नेपालगञ्ज वा काठमाडौ जान भन्दै रेफर गरिएको थियो । तर, पर्वलालसँग उपचार खर्च नभएपछि उनी घर फर्किएका थिए । 

खर्च अभावमा उपचार गर्न नपाएपछि घरमै उनको मृत्यु भएको उनकी श्रीमती पानकला गुरुङ्गले बताइन् । 

बाजुरामा २ वर्षयता १४ जनामा कालाजार भेटिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts